 |
काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारलाई अझै ६ महिना हेर्न सकिने बताएका छन् ।पौडेलले यदी ६ महिना भित्र स्थानीय निकायको निर्वाचन गराउन सक्नेभए सरकारलाई चान्स दिन सकिने बताए । उनले चुनाव पनि गर्न नसक्ने, गफ मात्रै दिएर बस्ने भए ओलीले तत्काल राजिनामा दिनुपर्ने पनि बताए ।मंगलबार नेपाल विद्यार्थी संघको उपत्यकास्तरीय प्रशिक्षण कार्यक्रममा नेता पौडेलले ६ महिनाभित्र गाउँपालिका बनाएर त्यसको चुनाव गराउन सम्भव रहेको तर, त्यसका लागि वर्तमान सरकार जिम्मेवार बन्नुपर्ने बताए ।उनले गाउँपालिका भोलिको सरकारको जग भएकाले सक्नेभए सबै कार्यविधि बनाएर चुनावको तयारी गर्न र नसक्नेभए तत्काल राजिनामा दिन प्रधानमन्त्रीलाई सुझाए । उनले चुनाव गराउने सरकारको मनासय भए आफुहरु पनि रचनात्मक सहयोग गर्ने पक्षमा रहेको पनि बताए ।उनले गाउँपालिका बनाएर तत्काल स्थानीय निकायको चुनाव नगराए देशमा संकट आउने खतरा रहेको पनि बताए । उनले आगामि माघ ७ मा संसदको समयावधि सकिने भएकाले अब स्थानीय निर्वाचन गरिहाल्नुपर्ने अवस्था आएको र स्थानीय निकायमा जनप्रतिनिधि नभए माघ ७ पछि देशमा स.कट आउने र सबै निकायमा भ्याकुम हुने बताए ।पौडेलले आन्दोलनरत पक्षलाई सहमतिमा ल्याउन वार्तालाई जोड दिनुपर्ने बताए । उनले आन्दोलनरत पक्षलाई सहमतिमा ल्याउन कांग्रेसले मध्यमार्गी भुमिका खेल्न तयार रहेको बताए ।
 |
About
butwaladvertisement
0 comments:
Post a Comment