ad

चस्मा लगाउन दिक्क लाग्छ ? यसरी बढाउनुहोस् आँखाको पावर

आँखाको ज्योति बचाउनका लागि हामीले चस्मा लगाउने गरेका छौं यदी चस्मा लगाउन तपाईंलाई हैरानी लाग्छ भने तपाईंले निम्न उपाय अपनाएर आँखाको ज्योति बढाउन सक्नुहुनेछ । 
– दैनिक ६/७ दाना बदामलाई रातको समयमा पानीमा भिजाएर राख्नुहोस् र बिहान उठेर खानुहोस् । 
–गाँजरमा भिटामिन ए, बी तथा सीको मात्रा धेरै हुन्छ । त्यसैले नियमित गाँजर खाने गर्नुभयो भने आँखाको ज्योति बढ्ने छ । 
–त्रिफला रातिको समयमा भिजाएर राखेर बिहान सोही पानीले आँखा धुनुभयो भने आँखालाई धेरै फाइदा गर्दछ । 
–राति नियममित रुपमा सरस्यूको तेलले तालुमा नियमित मालिस गर्नुहोस् ।
–एक चम्चा सुप(खाना खाएपछि खाने मसला), दुई दाना बदाम, आधा चम्चा मिश्रीलाई पिसेर राति सुत्न भन्दा पहिला दुधमा घोलेर नियमित रुपमा पिउने गर्नाले   आँखाका समस्या हट्ने छन् । 
–कान नजिकै घ्यू लगाएर दिनमा ५–१० मिनेट मालिस गर्दा आँखाको ज्योति बढ्छ । 
–दैनिक २–३ गिलास ग्रीन टी पिउनुहोस् । ग्रीन टीमा रहेको एन्टीअक्सिडेट्सले आँखालाई स्वस्थ राख्दछ । 
–सिंगो अमला वा अमलाका विभिन्न परिकार बनाएर दिनमा दुई पटक खाने गरेमा आँखालाई फाइदा पुग्छ । 
–जीरा र मिश्रीको बराबर मात्रा मिसाएर नियमित घ्युसँग खानाले आँखाको ज्योति बढाउन फाइदा पुग्दछ । 
–हरियो सागपात तथा पहेला फलफूल खानमा जोड दिनुहोस् । पालक, मेथी लगायतका साथ तथा विभिन्न सलादमा पाइने एन्टीअक्सिडेन्टसले आँखालाई स्वस्थ राख्न सहयोग गर्दछ ।

SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Loading...