![]() |
जेष्ठ १८, २०७३- गृह मन्त्रालयले १५ जिल्लाको प्रमुख जिल्ला अधिकारी सहित ५१ जनाको सरुवा गरेको छ । गृहले काज सरुवा निकाल्दै नौ जना सहायक प्रमुख जिल्ला अधिकारीलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ ।
गृहले सहायक प्रमुख जिल्ला अधिकारी उदयबहादुर सिंह, गञ्जबहादुर एमसी, कृष्णबहादुर खड्का, मुनका न्यौपाने, जनकराज पन्त, किशोरकुमार चौधरी, प्रकाशचन्द्र अधिकारी, कौशलराज शर्मा, अर्जुनकुमार शर्मालाई डडेल्धुरा, मनागं, कालिकोट, तेह्रथुम, प्युठान, बैतडी, रामेछाप, अछाम र भोजपुरको प्रमुख जिल्ला अधिकारीमा काज सरुवा गरेको हो ।
भोजपुर, पर्वत, पाँचथर, मुगु, बझाङ, डोल्पा र संखुवासभाको प्रमुख जिल्ला अधिकारीको समेत सरुवा भएको छ । त्यहाँ शम्भुप्रसाद मरासिनी, किरण थापा,केशवराज शर्मा, सुनिल खनाल, चेतराज बराल र खुमकान्त आचार्य प्रमुख जिल्ला अधिकारी भएका छन् । गृहले १९ जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी समेत परिर्वतन गरेको छ ।
त्रिभुवन विमानस्थलका वरिष्ठ अध्यागमन अधिकृत उद्धवबहादुर थापालाई गृह मन्त्रालयमा सरुवा गरी उनको स्थानमा विश्वप्रकाश न्यौपानेको सरुवा भएको छ । होमनाथ थपलिया र सागरमणी पाठक गृहमा आएका छन् । पर्सा, जगन्नाथदेवल, नक्खु कारागारका जेलर समेत फेरिएका छन् ।
![]() |

0 comments:
Post a Comment