ad

परराष्ट्रका प्रवक्ता आगो हुँदै भने, ‘सबैलाई चेतना होस्, कसैले १० हजार डलर दिएको छैन, सरकार आफैले काबुलबाट शव ल्याएको हो

काठमाण्डु, ९ असार– काबुल घटनामा मारिएका नेपालीहरुको शव ल्याउन प्रति शव १० हजार डलर बीमा कम्पनीले दिएको भन्ने प्रचार असत्य रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले भने, ‘कसैले एक रुपैयाँ पनि दिएको छैन । बीमा कम्पनीले १० हजार डलर दिएको भन्ने खबर पूर्णतः हावादारी हो ।’
प्रवक्ता पौडेलले यस्तो निराधार  हल्लाले आफूहरुलाई दुःखीत बनाएको उल्लेख गरे । उनले सरकारको अनवरत प्रयासले नै चाँडो भन्दा चाँडो शव ल्याउन सकिएको, उपचारको प्रबन्ध गर्न सकिएको र अरु नेपालीलाई पनि नेपाल ल्याउन सम्भव भएको बताए ।
‘उपचारको सवालमा काबुलबाट घाइतेलाई दिल्ली पठाउन सम्बन्धित कम्पनीले अग्रसरता लिएको हो । तर हामीले प्रेसर दिएकै कारण यति चाँडो सुविधा सम्पन्न अस्पतालमा उनीहरुको उपचार भइरहेको छ ।  यो बाहेक अरु कसैले केही गरेको छैन । सबै नेपाल सरकारले गरेको छ । सबैले यो कुरा बुझुन् ।’
प्रक्रिया सुरु भएको २७ घन्टामा सबै शव नेपाल ल्याइ पुर्याइएको पनि प्रवक्ता  पौडेलले बताए ।

SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Loading...